Online News Portal

बजारको चुहावट रोक्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताएका छन्। उनले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशनसमेत दिए। त्यस्तै विज्ञापन बजारको विकास र विस्तारका लागि कार्ययोजना तयार गर्न मन्त्री गुरुङले बोर्डलाई निर्देशन दिएका थिए। विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) नियमावलीको पहिलो संशोधनबाट विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण हुने बताए।

 

विज्ञापन बोर्डका गतिविधिबारे बुधबार जानकारी लिँदै उनले ३० अर्बको विज्ञापन बजारमा १३ अर्बमात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा उठ्नुपर्ने २० अर्बमा दुई अर्बमात्र राजस्व सङ्कलन हुने परम्पराको अन्त्य हुनुपर्ने बताए। त्यसका लागि तीनै तहको सरकारले साझा प्रयास थाल्नुपर्ने उनको भनाइ छ।

Advertisement

Click the button below to skip this ad and read the full article.