Online News Portal

प्रमुख जिल्ला अधिकारी लुइटेलद्वारा सूचनाको समयमै उपलब्धताको प्रतिबद्धता

काठमाडौँ : उदयपुरका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमप्रसाद लुइटेलले सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा जिल्लाका समाचार योग्य सूचनाहरू समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

 

 

बुधबार जिल्ला प्रशासन कार्यालय गाईघाटमा आयोजित उक्त कार्यक्रममा उनले शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह लगायतका कार्यहरू समयमा सम्पन्न गर्ने र संविधान तथा कानुनले दिएको अधिकार प्रयोग गरी सञ्चारकर्मीहरूलाई आवश्यक सूचना प्रदान गर्ने बताए।​

पत्रकारहरूले समयमा सूचना नपाउने, मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना वृद्धि, लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्नु, केही सरकारी कार्यालयमा विचौलियाहरूको प्रभाव जस्ता गुनासो राखेका थिए। प्रजिअ लुइटेलले सूचनामा सबैको पहुँच सुनिश्चित गर्न र कानुन अनुसार सूचना उपलब्ध गराउने, राष्ट्रिय परिचयपत्र तथा नागरिकता वितरणलाई प्राथमिकता दिने, कार्यालयका सूचना अधिकारीमार्फत आवश्यक सूचना प्रवाह गर्ने र गुनासो समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे।​

उनले शान्ति सुरक्षा व्यवस्था, लागुऔषध नियन्त्रण, सेवाग्राहीका कामलाई प्राथमिकतामा राखेर तटस्थ सेवा प्रदान गर्ने, कार्यालय प्रमुखहरूको बैठकमा छलफल गरी जिल्लाभित्रका पत्रपत्रिकाहरूलाई न्यायोचित रूपमा विज्ञापन उपलब्ध गराउने, पारदर्शी रूपमा काम गर्ने, मुद्दाका कामबाहेक अन्य काममा सहायक प्रजिअ तथा प्रशासकीय अधिकृतहरूलाई अधिकार प्रत्यायोजन गर्ने, सञ्चारकर्मीहरूसँग सल्लाह लिएर काम गर्ने, कटारी इलाका प्रशासन कार्यालयको नव निर्मित भवनमा सेवा प्रारम्भ गर्ने र महिनामा दुई पटक कटारीमा प्रजिअको कार्यकक्ष सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए।​

 

Advertisement

Click the button below to skip this ad and read the full article.