काठमाडौँ : काठमाडौँ जिल्ला अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी अपमानजनक शब्दसहितको र्याप गीत युट्युबमा अपलोड गरेको आरोपमा ३२ वर्षीय मलुम राईविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दायर गरिएको छ।
राईले ‘मलुम छोटेनली’ नामक युट्युब च्यानलमा “KP CH*OR – new rap song 2025…” शीर्षकमा भिडियो अपलोड गरेका थिए, जसमा प्रधानमन्त्री ओलीलाई होच्याउने शब्द प्रयोग गरिएको थियो। प्रहरी अनुसन्धानमा राईले उक्त र्याप ‘सुनो एआई एप’ मार्फत बनाएको र भिडियोमा प्रधानमन्त्रीको सम्पादित तस्बिर प्रयोग गरेको स्वीकार गरेका छन्। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार दोषी ठहरिएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।