Online News Portal

प्रधानमन्त्रीलाई संयमित रहन कांग्रेस नेताको सुझाव

काठमाडौँ :  आजभोलि प्रधानमन्त्री केपी ओली काठमाडौंका मेयर महानगरका मेयर बालेन्द्र (बालेन) साहप्रति निकै आक्रामक भएका छन् । उनले यतिबेला आफूलाई समर्थन नगर्ने सबैलाई  लक्षित गर्दै आक्रमक टिप्पणी गरिरहेका छन् । उनको यही टिप्पणीलाई लिएर नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद शंकर भण्डारीले असन्तुष्टि जनाएका छन् ।

ओलीले हिजो पार्टीको एक कार्यक्रममा बालेनलगायत विपक्षी दल र नेताहरुको चर्को निन्दा गर्दै कार्यकर्तालाई प्रतिवादमा उत्रन आदेश दिएका थिए । सामाजिक सञ्जालमा विपक्षीविरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन कार्यकर्तालाई कडा निर्देशन दिँदै उनले प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, रास्वपालगायतका नयाँ राजनीतिक दल र काठमाडौँका मेयरमाथि कटाक्ष गरेका थिए ।

सांसद भण्डारीले प्रधानमन्त्री  तथा एमाले अध्यक्षको त्यस्तो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै पदीय मर्यादा अनुकूलका अभिव्यक्ति दिन आग्रह गरेका छन् ।