Online News Portal

प्रधानमन्त्रीपत्नी सीतालाई श्रद्धाञ्जली दिन अस्पताल पुगे नेताहरु

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन नेताहरु अस्पताल पुगेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु नर्भिक अस्पतालमा पुगेका हुन्।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन नेताहरु अस्पताल पुगेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु नर्भिक अस्पतालमा पुगेका हुन्।
६९ वर्षीया दाहालको सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो। दाहालको मृत्युको खबर पाएपछि उनलाई श्रद्धाञ्जली र परिवारलाई समवेदना दिन नेताहरु अस्पताल पुगेका हुन्।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलगायतका नेताहरु यसअघि नै अस्पताल पुगेसकेका छन्।
बुधबार बिहान ८:३३ बजे उनको निधन भएको जानकारी अस्पतालले दिएको छ। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने बताइएको छ। बिहान ११ बजेदेखि १ बजेसम्म त्यहाँ राखिने र दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ।

Advertisement

Click the button below to skip this ad and read the full article.