Online News Portal

पूर्व राजा ज्ञानेन्द्र शाह,राजा कि ब्यापारी ?

   अहिले जताततै राजा आउ देश बचाउको नारा गुञ्जिएको छ,चाहेर होस् या नचाहेर पूर्व एकात्मक शासन प्रणालीसंग जनता आकर्षित भएको छ। यही मौकामा बिदेशी चलखेल पनि बढ्न थालेको छ। हिजोका इतिहास हेर्दा जब जब देशको राजनीति परिबर्तनको लहर आउछ तब बिदेशी शक्तिको चलखेल र आफ्नो पक्षको शक्ति स्थापित गर्न बिदेशी शक्ति सलबलाउछन। अहिले फेरी नेपाल तेही इतिहासको कटघेरामा उभिएको भान हुन थालेको छ।

जनतालाई १० बर्षीय जनायुद्द्द प्रश्चात प्राप्त गणतन्त्रले दिएको स्वतन्त्रता नै आफै माथि भारि जस्तै व्यवाहार देखाउन थालेका छन्। जताततै यो स्वतन्त्रता नै देश बिकासको बाधक हो भन्ने भास्य स्थापित हुदै छ। जनाताको छोरो जनताबाट चुनिएर देशको प्रमुख हुने व्यवस्था नै जनतालाई घाडो भएको भान हुन्छ, किन ? साच्चै जनताले एक बंशिए शासन चाहेका हुन् कि जनतालाई गणतन्त्र र स्वतन्त्रता बिरुद्द कसैले भड्काई रहेको छ,गम्भिर प्रश्न उब्झिएको छ ? के साच्चै नेपाली जनता आफ्नो स्वतन्त्र भेएर बाच्न पाउने, बोल्न पाउने र देशको कार्यकारी पदमा पुगेर शासन गर्न पाउने सबै अधिकार एउटा बंशलाई बुझाउनै चाहेका हुन् त ? कैले काही आफै माथि शंका उब्झिन्छ ? र नेपाली जनता भएर सोच्दा विश्वमानचित्रमा नेपालको बौद्दिक लेबल अर्थात आईक्यु लेबल देख्दा लाज पनि लाग्छ ? हामि यति अज्ञानी कसरी भयौ कस्ले बनायो ? यदि बौद्दिक र साच्चै आत्मनिर्भर भए आफ्नो जिवन,स्वतन्त्र बाच्न पाउने अधिकार नै राजाको नाममा कुनै एक बंशलाई सधैको लागी सुम्पिन तयार हुन्छौ होला ? म त कल्पना पनि गर्न सक्दैन, कोहि एक शासक जसले मलाई ‘यो गर त्यो नगर’ ‘यसरि बाँच तेसरी नबाँच’ यस्तो सहि तेस्तो असहि,यता जा उता नजा,भन्ने परिधिमा राखोस् ? फेरी प्रश्न उठ्न सक्छ एउटा सानो बच्चालाई आमा बा ले नि त तेस्तै गर्छन ? हो आमा बा ले तेस्तै गर्छन र गर्नु पनि पर्छ तब सम्म कि जब सम्म छोराछोरीले आफ्नो काम आफैले गर्न सक्दैनन् ? के नेपालका शिक्षित जनता आफ्नो काम आफै गर्न नसक्ने त्यी ससाना बच्चा जस्तै छन् त ? जसले राम्रो नराम्रो थाहा नै नपाउने छन् त ? फेरी पनि आफै माथि प्रश्न उठाउन मन लाग्छ ? नेपालको बौदिक भनिएका वर्ग किन बोल्दैनन् ? या तिनिहरु पनी आफ्नो बौद्दिकता राजाको पाउमा दाम चडाउन तयार छन ? के त्यी बौदिक भनिएका सबै आफ्नो सबै निर्णय राजालाई नै गर्न लगाउने आत्मा समर्पणमा गर्न पुगिसके ? गम्भीर प्रश्न ?

अहिले युवाहरुको प्रश्न जताततै उठाउछन बिकास भएन ? बिकास नै भएन ? युरोप अमेरिका खाडीको गर्मीमा काम गर्ने युवाहरु भन्छन बिकास नै भएन ? हो उहारुले भन्नु स्वभाविकै हो ? उहाँहरुले जहा जाँन्छन चिल्लो बाटो देख्छन,सफा ठुला,ठुला बिल्डिंग देख्छन र नेपाललाई सराप्छन। तेसहको निशानामा गणतन्त्र पनि पर्दै छ, किन ? त्यी युवाले किन सोच्दैनन् २४० वर्ष नेपालमा शासन गर्ने त्यी राजा,महाराजा भनिनेले किन बिकास गरेन होला,किन सोच्दैनन् ? त्यो चिल्लो बाटो र त्यो ठुला ठुला उद्योग किन नबनाएको होला भन्ने किन सोच्दैनन् ? किन पछिल्लो १०० बर्षमा अमेरिका,अमेरिका बन्यो नेपाल,नेपाल बन्न सकेन किन ? त्यो सब बिकास ? एक दशकमा हुन सक्ने बिकास हो किन हैन,किन सोच्दैनन् ? किन संबिधान बनेर गणतन्त्र स्थापना भएको एक दशकमै व्यवस्थामाथि यत्रो आक्रोस पोख्छन किन ? २४० वर्ष शासन गरेका पूर्व राजा ज्ञानेन्द्र शाहको बंश र ज्ञानेन्द्र आफै विश्वका धनी व्यक्तिको लिस्टमा अटाउने र नेपाल गरिबको लिस्टमा किन पर्यो ? कसले पुगायो ? अनि २४० वर्षा शासन गर्ने त्यी राजा,महाराजा अनि ,त्यो भएन ,उ भएन, यस्तो भएन भनि दोष चै २०७२ मा बनेको संबिधान र दुई दशक नबितेको गणतन्त्रले लिनु पर्ने ? ठिक छ लिनु पर्छ ? गणतन्त्र भित्र पनि कयौं कमि कमजोरी होलान सबै मिलेर अझै परिष्कृत गर्न सकिन्छ,तर गणतन्त्रले दिएको वाक स्वतन्त्रतालाई दुरुपयोग गरि गणतान्त्री बिरुद्द नै प्रयोग गर्दा नेपाली जनता रमाउने ? मेरो गम्भिरा आपत्ति छ ? २४० वर्ष शासन समालेका त्यी लाचार र नेपाललाई दुर्दशा गर्ने शासकमाथि उठ्नु पर्ने प्रश्न,दुई दशन नबितेका जननिर्बाचित नेतामाथि उठछ ? हो मानौ ल कमि कमजोरी गरे,यी नेताहरुले,तेस्को विकल्प अरु कुनै राम्रा नेता पनि त आउन सक्छन? २४० वर्ष सम्म नि गर्ने नसकेको काम गणतन्त्रले २० बर्षमै गर्दिनु पर्ने हो ? कैले सोच्नु भो छ ? काम र बिकास केहि नभएको हैन तर प्रश्न उठछकि जनताले चाहे जस्तो परिबर्तनकारी ‘चमत्कारिक’ बिकास चै साँच्चिकै नभएकै हो ? तर बिकास चै धेरै नै भाको छ ? नपत्याए तपाईकै गाँउ घर तिर हेरे पुग्छ ? २०४० वर्ष शासन गर्ने राजाले के गर्यो र २० वर्ष नपुगेको गणतन्त्रले के गर्यो ? केहि राजाको दानापानी खाएका अज्ञनी पट मुर्खले भनेको झुट कुराले तपाईको दृष्टी नै परिबर्तन भएको त हैन ? भन्छन नि राजाको पालामा यति कलकारखाना थिए ? हामि धान निर्यात गर्थ्यौ ? हामीले चिनी निर्यात रोके भारतमा चिनी सटेज हुथ्यो ? हो त्यी अनपड अगानी पट मुर्खले भनेको कुरा केहि सत्यनै हो ? कति ससम्मा कि ? नेपालमा केहि कलकारखाना महेन्द्रको पालामा थिए ? त्यी उद्योग,कलकारखाना नेपाली जनताको हैन थिएनन्त्यी,राजाका भाई भारदारको ५१ प्रतिशत सेर हुन्थ्यो,बाकि त्यी कम्पनि संचालन गर्ने संचालन कर्ताको हुन्थ्यो। नेपाली जनताको त्यसमा कुनै स्वामित्व नै थिएन ? नेपाली जनता त्यी कम्पनीमा स्वतन्त्रता पुर्बक काम गर्न पाउदैन थिए ? दास जस्तै नेपालि जनताको श्रम स्वशण गरिन्थ्यो ? र त्यी राजा,महाराजका भाई भारदार धनि हुन्थे र नेपाली जनता झन् भन्दा झन् गरिब बने तेसैको परिणाम,नेपाली जनताले अहिले पनि बीउझिएर हेर्न र देख्न सक्छन,पूर्व राजा ज्ञानेन्द्र शाह विश्वका धनि व्यक्तिको नाममा आउछ भने,नेपाल बिश्वको गरिवको लिस्टमा नाम आउछ। हो तेसैको परिणाम हो ? तपाई सोच्नु हुन्छ नि नेपाल किन अमेरिका बनेन ? कि गरिब बन्यो ? किन बिकास भएन ? सबैको एउटै उत्तर, २४० वर्ष राजतन्त्रको नाममा ब्यापार भयो शाहले आफ्नो परिवार बनायो देश बिगार्यो ? त्यसको मर्मत गर्न गणतन्त्रलाई कम्तिमा ५० वर्षा चाहिन्छ ? त्यो बौद्दिक नेपाली जनताले बुझ्नु पर्छ र दिनु पर्छ ? गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हो,राजतन्त्र अथवा ब्यापारिक लुटतन्त्र कदापि हुन सक्दैन।

यदि राजातन्त्र नै चाहिन्छ अथवा पूर्व ब्यापारी राजा ज्ञानेन्द्र सुध्रिएकै हुन् भने,कोहि कोई ले भने जस्तै यो नेपाल राजाको हो भने,यी नेपाली जनता राजाका सन्तान जस्तै हुन भने ? पूर्व ब्यापारी राजा ज्ञानेन्द्रले २४० वर्षा सम्म नेपाल र नेपालीलाई लुटेको,चुसेको सबै सम्पति नेपाल र नेपालीको नाममा गरुन? अनि बल्ल नेपाली जनताले विकल्प सोच्न सक्छन ?
लेख पत्रकार सुशील के.सी

Advertisement

Click the button below to skip this ad and read the full article.