Online News Portal

पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ:रुकुम पश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । रुकुम पश्चिम आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा तुलबहादुर दमाइको घर पहिरोले बगाउँदा उनकी श्रीमती २८ वर्षीया सीता दमाई र छोरा ६ वर्षीय हाविलको मृत्यु भएको हो ।शुक्रबार बिहान ६ बजेतिर पहिरोले घर पुरिदिँदा उनकी छोरी ८ वर्षीया हिरा परियार घाइते भएकी छिन् । घाइतेको उद्वार भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार तुलबहादुरको एक तले पुसको घर पहिरोले पुरेको हो ।