Online News Portal

नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौँ : मंगलबार सरकार परिवर्तनको हल्लाले एकाएक ४७ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो दिनमा नै सुस्ताएको छ । बुधबार सेयर बजार परिसूचक नेप्से जम्मा ३.७९ अंकले मात्र बढ्दै २१ सय ४.२२ विन्दुमा उक्लिएको हो । बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।