Online News Portal

नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै

काठमाडौँ: नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

बुधवार काठमाडौंमा लागुऔषध दुव्र्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा रिकभरिङ नेपालले सो जानकारी गराएको हो । रिकभरिङ नेपाल लागुऔषध प्रयोगकर्ताहरु र लागुऔषधको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको राष्ट्रिय स्तरको महासंघको अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मानेर प्रश्तुती दिइएको थियो । गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका थिए । कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला प्रयोगकर्ता पाइएको बताइएको छ । प्रयोगकर्ताहरुमध्ये पनि ६९ प्रीतशत अर्थात ९० हजार भन्दा बढी प्रयोगकर्ताहरु सुईद्वारा लागुऔषध प्रयोग गरेको पाइएको तथ्यांक छ । सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन ग्ूणाले बढेको र देखाएको छ । लागुऔषध प्रयोग कर्ताहरु दिन प्रतिदित बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता पैदा गरेको रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले बताउनु भयो । उहाँले लागुऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर नहेर्न सुझाव दिनुभयो । उहाँले कुनैपनि लागुपदार्थ प्रयोगकर्ताले जीवनभर खान्छु र क्राइम गर्दछु भनेर सेवन नगर्ने भन्दै सामाजिक, मनोसामाजिक परिस्थितिबाट सेवन गर्ने गरेको बताउनु भयो । उहाँले एउटा लागुऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पु¥यायो भन्ने हिसावले सरकारले साच्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लागुऔषधको प्रयोगकर्ता, व्यापारी वा क्राइमलाई एकै ठाउँमा राखेर हेरिन्छ । कुनैपनि लागुपदार्थ प्रयोगकर्ता साथीहरुले जीवनभर खान्छु, म क्राइम गर्छु, म हार्म गर्छु भनेर कसैले प्रयोग गर्दैन । केही सर्टेन अवस्था हुन्छ, विभिन्न सामाजिक, घरको वातावरण, आफ्नो मनोसामाजिक चिन्ता विविध पक्ष छन् । एउटा लागुऔषध प्रयोग कर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पु¥यायो भनेर राज्यले कहिल्यै सोचेन ।’

उहाँले नेपालमा अधिकांश (७५ प्रतिशत भन्दा बढी) प्रयोगकर्ताहरु १५ देखि २४ वर्ष उमेर समूहका रहेको बताउनु भयो । उनीहरुलाई फौजदारी मुद्दा वा दण्डको सट्टा तथ्यमा आधारित उपचार सेवाहरुको पहुँच प्रदान गर्न आवश्यक रहेको बताउनु भयो ।