Online News Portal

ठगी गर्दै हिँड्ने महिला पक्राउ

काठमाडौँ : कालीकोट –जिल्लाको तिलागुफा नगरपालिकामा ठगी गर्दै हिँड्ने महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका-२ बस्ने वर्ष ३६ कि हजरुन खातुन रहेकी छन्।

आफूलाई दुर्गामाता बताउँदै बाँझोपन भएका महिलाहरूको बाँझो पन हटाइदिन्छु भनेर ठगी गरेको आरोपमा महिलालाई प्रहरीले पक्राउ गरेको हो।

उनले तीन लाख ४४ हजार बराबरको नगद तथा गरगहना ठगी गरेको आरोपमा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए। जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.