काठमाडौँ: बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । ‘जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लङ्घन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ’, उनले बताए ।
गत आवमा कार्यालयले सात सय ७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताए ।
यो तथ्याङ्कले नै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १० हजार भन्दा कम सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार ९१३ वटा सवारीसाधनलाई कारबाही गरिएको हो । ती सवारी साधनहरुलाई कारबाही गरेर दुई करोड ६५ लाख ७६ हजार ५०० रूपियाँ जरिवाना असु्ल गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गोपीकृष्ण सुवेदीले जिल्लामा आर्थिक वर्ष २०७९-८० मा ट्राफिक प्रहरीले ४३ हजार ८४० वटा सवारी साधनलाई कारबाही गरेको बताउनुभयोे । उक्त कारबाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक प्रहरीले बाँकेमा ३९ हजार ८४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाही गरेको थियो । सो आर्थिक वर्षमा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५०० रूपियाँ जरिवाना असुल गरेको थियो ।