Online News Portal

टुसा उम्रिएको आलु र प्याज खान किन हानिकारक हुन सक्छ?

काठमाडौँ : टुसा उम्रिएको आलुमा सोलानिन र चाकोनिनजस्ता विषाक्त पदार्थहरू उत्पादन हुन्छन्, जसले पेट दुख्ने, वाकवाकी, बान्ता, पखाला, र गम्भीर अवस्थामा स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ। विशेषगरी हरियो र टुसायेको भाग खतरनाक हुन्छ। यस्तो अवस्थामा टुसा र हरियो भाग काटेर मात्र खानुपर्छ, तर धेरै टुसा लागेको वा पुरै हरियो भएको आलु नखानु उचित हुन्छ।

 

 

प्याजको टुसा भने कम हानिकारक हुन्छ, तर त्यसले पोषण, स्वाद र बनावटमा असर गर्छ। प्याज नरम, गनाउने वा ढुसी लागेको छ भने त्यस्तो प्याज खानु हुँदैन। सानो टुसा भएको प्याज भने टुसा हटाएर प्रयोग गर्न सकिन्छ।c