टीभीएस अपाचेले ‘एक लाख सेलिब्रेशन डे’ कार्यक्रम आयोजना गर्दै

काठमाडौँ : टीभीएस अपाचेले ललितपुरको युएनपार्कमा फागुन २३ देखि २६ गतेसम्म ‘एक लाख सेलिब्रेशन डे’ कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा राइडर र परफर्मेन्स बाइकिङका प्रशंसकहरूका लागि टेस्ट राइड्स, अब्स्ट्याकल च्यालेन्ज, स्लो रेस प्रतियोगिता, जिमखाना स्किल्स, स्टण्ट शो, इनफ्लुएन्सर मिटअप्स जस्ता गतिविधिहरू समावेश छन्।
सहभागीहरूले रोमाञ्चक गिफ्ट ह्याम्पर र आकर्षक उपहारहरू पनि जित्न सक्नेछन्। पुराना बाइकहरू नयाँ टीभीएस अपाचे मोडलसँग साट्नका लागि यो सुनौलो अवसर हो, जसमा २ वर्ष निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल, सर्भिस र ३१ लाखसम्म बचत गर्ने अवसर प्रदान गरिएको छ। ग्राहकहरूले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्न सक्नेछन्।
कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्स हो। थप जानकारीका लागि नजिकको टीभीएस शोरूम वा टीभीएस नेपालको आधिकारिक सामाजिक सञ्जालहरूमा सम्पर्क गर्न सकिन्छ।