Online News Portal

छत्रकोटले निःशुल्क पशु चिकित्सक पढाउने

काठमाडौँ: गु ल्मीको छत्रकोट गाउँपालिकाले निःशुल्क रुपमा पशु चिकित्सक विषय पढाउने भएको छ । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले देशभर पशु चिकित्सकको माग बढ्दै गएको भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष पाण्डेयका अनुसार देशभर पशु चिकित्सकको माग बढेको छ । विद्यार्थीमा यस विषयप्रति आकर्षण कम रहेता पनि इच्छा भएका विद्यार्थीले आर्थिक अभावका कारण पढ्न नपाएको भन्दै यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

पालिकामा पशु चिकित्सक अधिकृत पदमा विज्ञापन खुलाउदा न्यूनतम आवेदन परेका पनि उत्तीर्ण हुन नसक्ने समस्या हुँदा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरी पशु चिकित्सक अध्ययन गर्ने विद्यार्थीलाई पूर्णरुपमा छात्रवृत्ति दिने कार्यपालिकाबाट निर्णय गरी बजेटको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.