Online News Portal

चिडियाखानामा बाघ

काठमाडौं : जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ।  यस दिवसकाे अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ। बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ।सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ। उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छ। बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ।

Advertisement

Click the button below to skip this ad and read the full article.