चार दिनपछि खुल्यो कर्णाली करिडोर

काठमाडौँ: हिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो ।सडक खुलेपछि खिड्कीज्यूला, दैखोला, हुल्म, कालेखोला, मान्म लगायतका ठाउँमा रोकिएका यात्रुवाहक र मालवाहक गाडी गन्तब्यतर्फ लागेका छन् । ‘चार दिन बाटोमा अलपत्र अवस्थामा बस्यौं,’ सुर्खेतबाट मुगुका लागि खाद्यान्न बोकेर आएको मिनी ट्रक चालक सन्तोष खत्रीले भने, ‘बल्ल बाटो खुल्यो, जान पाइने भयो ।’