Online News Portal

गौशाला २६ सन्दीपविरुद्ध सर्वोच्च नजाने

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ सर्वोच्च नजाने निर्णय लिएकी छन्। उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएको भन्दै उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन्।

तर गौशाला-२६ ले आफ्नो मुद्दा सर्वोच्चमा नलग्दिन आग्रह गर्दै सरकारी वकिललाई निवेदन दिएको स्रोतले बतायो। सरकारी वकिलले उनलाई मुद्दाको पूर्णपाठ हेरेर जाने नजाने निर्णय गर्ने जानकारी दिएका थिए। उक्त फैसलाको  पूर्णपाठ  साउन ४ गते  सार्वजनिक भएको थियो ।

स्रोतका अनुसार पीडितले माथिल्लो अदालतमा नजाने भने पनि सरकारी वकिलले चाहेको खण्डमा भने सर्वोच्च जान सक्ने सम्भावना रहन्छ। सामान्यतया पीडितले नै नचाहेपछि मुद्दा सर्वोच्च अदालतमा पुग्ने सम्भावना कमजोर रहन्छ।

सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेको स्रोतले जानकारी दियो। हस्तलिखित निवेदनमा उनले आफ्नो अवस्थाको फाइदा लिने उद्देश्यले केही संस्था र व्यक्तिहरू निरन्तर लागेकाले मुद्दालाई अघि नलान आग्रह गरिएको जनाइएको छ। गौशाला-२६ ले आफैँ आएर मुद्दा अघि नबढाउन निवेदन दिएको उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे। उनले निवेदनबारे थप टिप्पणी भने गरेनन्।

Advertisement

Click the button below to skip this ad and read the full article.