Online News Portal

गुलरियामा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता जेठ १६ देखि सुरु हुने

काठमाडौँ : बर्दियाको गुलरियामा कृष्णसार स्पोर्ट्स क्लबको आयोजनामा जेठ १६ देखि २६ गतेसम्म राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। आयोजकले गुलरियामा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।

 

 

प्रतियोगिता प्रत्येक रात साढे ७ बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालन हुनेछ। कम्तीमा २० टिमको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ र द्वितीय हुने टिमलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। टिम इन्ट्री जेठ १० देखि १६ गतेसम्म खुला रहनेछ, जसका लागि प्रत्येक टिमले ६ हजार रुपैयाँ इन्ट्री शुल्क तिर्नुपर्नेछ।

यो प्रतियोगिता बर्दियाको खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.