Online News Portal

ओलम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा

काठमाडौं: ओलम्पिक पदक विजेता पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइएको छ। नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल गोवर्धन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नगर परिक्रमा गराइएकाे हाे।

गोवर्धनलाई र्‍यालीसहित एयरपोर्टबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)को प्रांगणमा पुर्‍याइएको छ। राखेपमा उनलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ पलेशालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। दुवैजना नगर परिक्रममा पनि उपस्थित थिए।

पलेशाकाे सम्मानमा बाजागाजासहितको राखेपको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियाे।

Advertisement

Click the button below to skip this ad and read the full article.