Online News Portal

एनपीएलमा चितवनले टस जित्यो

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेको छ।

टियु क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले बलिङ रोजेका हुन्।

खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा छ। आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ।
लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

चितवन भने ४ खेलमा ३ जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो। काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो।

पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो।

चितवनले आइतवार सुदूरपश्चिम रोयल्ससँग खेलेको टिममा २ परिवर्तन गरेको छ। चितवनले हसन इसाखिल र दिपक बोहारालाई बेन्चमा राख्दा ल्युक बेनकेनस्टन र नर बहादुर सार्कीलाई खेलमा मौका दिएको छ।

सार्कीको यो एनपीएल डेब्यु खेल हो। घाइते भएर एनपीएल गुमाएका कमलसिंह ऐरीको स्थानमा सार्कीलाई टिममा राखिएको थियो।

Advertisement

Click the button below to skip this ad and read the full article.