Online News Portal

इजरायल-हमास बन्धक साटासाट: तीन इजरायली रिहा

काठमाडौँ: हमासले अक्टोबर ७ मा अपहरण गरेका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरेको छ। बदलामा, इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई जेलबाट मुक्त गरेको छ।

 

 

रिहा गरिएका इजरायली नागरिकहरूलाई गाजाको देइर अल–बलाह शहरमा हमासले रेडक्रसको जिम्मा लगाएको थियो, जसले उनीहरूलाई इजरायली रक्षा बल (IDF) लाई हस्तान्तरण गर्‍यो। बन्धकहरू कमजोर देखिए पनि उनीहरूले संक्षिप्त अनुभव साझा गरेका थिए।

यो साटासाट युद्धविराम सम्झौताअन्तर्गत भएको पाँचौँ चरण हो, जसमा इजिप्ट र कतारको मध्यस्थता तथा अमेरिका समन्वयकारी भूमिकामा थिए। इजरायलले रामल्लाहमा रेडक्रसको सहयोगमा १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.