Online News Portal

आकर्षक योजनाहरु सार्वजनिक गर्दै गुरु ट्राभल्सले मनायो दोश्रो बार्षिकोत्सव । सर्वसाधारण, ब्यापारीदेखि नेतासम्मको भब्य उपस्थिती

काठमाडौं :  नेपालकै पहिलो एवम् एकमात्र पब्लिक ट्राभल्स कम्पनी “गुरु ट्राभल्स लिमिटेड” को दोश्रो वार्षिकोत्सवका अवसरमा आज मिति २०८१ श्रावण २५ गते शुक्रबारका दिन कम्पनीको काठमाडौं दरबारमार्ग स्थित कार्यालयमा एक भब्य कार्यक्रम आयोजना गरि मनाइयो । लगभग १ हजार जनाको संख्यामा आमन्त्रित रहेको उक्त कार्यक्रमलाई आमन्त्रितहरुको उपस्थितीले शोभायमान बनाएको छ र गुरु ट्राभल्स लिमिटेड परिवारलाई हर्षित तुल्याएको छ भनि गुरु ट्राभल्स लिमिटेडका प्रमुख संचालन अधिकृत अनिल धरेलले जानकारी दिएका छन् ।

संस्थाले उपलब्ध गरेको प्रेस बिज्ञप्तीको एक अंश यसप्रकार छ ।

१०० जना भन्दा बढी संस्थापकले माया गरेर हुर्काएको नेपालकै पहिलो र आज सम्म एकमात्र पब्लिक ट्राभल एजेन्सीलाई ट्राभल क्षेत्रमा दशक भन्दा लामो अनुभव बोकेका ब्यक्तित्वहरुले सन्चालन गरिराखेका छन् भने कुशल कर्मचारीहरु द्वारा सेवा प्रवाह हुँदै आएको छ । स्थापनाको दोश्रो बर्ष पार गर्दासम्म नै यस कम्पनीमा एक लाख भन्दा बढीको सदस्यता रहिसकेको छ भने सामाजिक सन्जालमा ७३ लाख भन्दा बढी प्रयोगकर्तामाझ आफ्नो उपस्थिती यस कम्पनीले जनाइसकेको छ । सातै दिन ग्राहक वर्गको सेवामा समर्पित रहेर बिगत दुई बर्षमा ७३० भन्दा बढी दिन यस संस्थाको कार्यलय खुला रहँदा २० हजार भन्दा बढी Inquiry (सोधपुछ) संस्थालाई प्राप्त भएका छन् । राष्ट्रको पर्यटन प्रबर्धनमा अहम् भूमिका खेल्दै आएको यस गुरु ट्राभल्स लिमिटेडले ग्राहकबर्गको बजेटमा नै सेवा उपलब्ध सक्नु नै आफ्नो सफलता र सन्तुष्टी ठान्दछ ।

संस्थागत तर्फ  १,२९६ भन्दा बढी सेवा प्रवाह गर्दा ५,७०७ जना यात्राुहरु गुरु ट्रभल्सका बिभिन्न सेवाहरुबाट लाभान्वित भई सकेका छन् । यस ट्राभल्सले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा टिकेटिंग सेवा, होटेल बुकिंग, सवारी साधन बुकिंग, भिषा सहजीकरण सेवा, टुर ब्यबस्थापन सेवा तथा अन्य यात्रासंग सम्बधित सेवाहरु प्रदान गर्दै आएको छ ।

आजको यस वार्षिकोत्सव कार्यक्रमका मुख्य आकर्षणहरु निम्नानुसार रहेका छन् ।

१) सम्पूर्ण ग्राहकवर्ग, लगानीकर्ता, शुभेच्छुक तथा संस्थाप्रति सरोकार राख्ने सम्पूर्णसंग बधाई तथा शुभकामना साटासाट गर्ने साथै धन्यवाद ज्ञापन गर्ने ।

२) “Invest on Travelling ” अर्थात यात्रामा लगानी गरौ अवार्ड प्रदान गर्ने ।

यात्रामा लगाइएको पैसा, खर्च होइन कि जीवनमा गरिएको वास्तविक लगानी हो भन्ने अवधारणालाई अबलम्बन गर्दै आएको यस गुरु ट्राभल्स लिमिटेडले यस बर्षदेखी यो अवार्डको सुरुवात गरेको छ । यस गुरु ट्राभल्स मार्फत सेवा प्राप्त गरी यात्रामा सर्वाधिक रकमको सदुपायोग गर्नु हुने ११ जना ब्यक्तित्त्वहरुलाई गुरु ट्राभल्सले सम्मान स्वरुप Invest on Travelling अवार्ड प्रदान गर्न लागेको हो ।

३) परिष्कृत र परिमार्जित भएका विभिन्न सेवाहरु सार्वजनिक गर्ने ।

वर्तमान समयमा ग्राहक वर्ग माझ अत्याधिक माग भै आएको तथा ग्राहक वर्ग सामु प्रख्यात रहेका केहि सेवाहरुमा आकर्षक परिमार्जन गरिएको छ । यस संस्थाले प्रदान गर्दै आईरहेका सेवाहरु मध्ये आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटन अर्थात International Holiday तथा Domestic Holiday मा भएका केहि परिष्कृत सेवाहरु यस प्रकार रहेका छन् ।

Intrenational Holiday अन्तर्गत :

– ९ रात १० दिनको युरोपियन हाइलाइट्स (युरोप टुर)

– ७ रात ८ दिनको स्याण्ड टु सी (दुबई + बाकु टुर)

– ४ रात ५ दिनको अमेजिंग थाइल्याण्ड

– ४ रात ५ दिनको ड्याजिन्ग दुबई

– ९ रात १० दिनको कम्बो एसिया (थाइल्याण्ड+मलेसिया+सिंगापुर)

– ३ रात ४ दिनको Splendid माल्दिभ्स

– ४ रात ५ दिनको म्याजिकल बाली

– ६ रात ७ दिनको गोल्डेन ट्रीप (भिएतनाम + कम्बोडिया)

– ९ रात १० दिनको कैलाश मानसरोवर यात्रा

– ८ रात ९ दिनको Superb ल्हासा (तिब्बत)

यस्तै Domestic होलिडे तर्फ,

– ४ रात ५ दिनको जोमसोम मुक्तिनाथ टुर

– १ रात २ दिनको गोसाइँकुण्ड हेली टुर

– १ रात २ दिनको सुकुटे बीच टुर

– ६ रात ७ दिनको लुम्बिनीचितवनलुम्बिनी टुर

– १३ रात १४ दिनको एभरेष्ट बेस क्याम्प टुर

– १० रात ११ दिनको अन्नपूर्ण बेस क्याम्प ट्रेक

– ४ रात ५ दिनको घोरेपानी पुनहिल ट्रेक

– १ रात २ दिनको चित्लांग कुलेखानी टुर र,

– ४ रात ५ दिनको मार्दी बेस क्याम्प ट्रेकिंग

यसरी यात्राका पारखीहरुका लागि देश तथा बिदेशका जुनसुकै गन्तब्य अब गुरु ट्राभल्स मार्फत सजिलै पुग्न सकिने छ ।

 ४) संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै यस बर्षका लागि CSR कार्यक्रम घोषणा गर्ने ।

कुनै पनि ब्यबसायीक संस्था समाजकै अङ्ग हो र संस्थाले यस समाजमा रहेर नै आफ्ना ब्यबसायिक कृयाकलापहरु सन्चालन गर्ने भएकोले ब्यबसायिक संस्थाको पनि समाजप्रती आफ्नो उत्तरदायित्व रहन्छ भन्ने कुरामा गुरु ट्राभल्स लिमिटेड विश्वास राख्दछ । स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको यस संस्थाले यस बर्ष पनि CSR कार्यलाई निरन्तरता दिदै निम्न कार्यक्रम घोषणा गर्दछ ।

– गुरु ट्राभल्सको CSR २०८१ अन्तर्गत ३० जना बिभिन्न ब्यक्तित्वहरुले काठमान्डौ उपत्यका भित्र रहेका ७ वटा विश्वसम्पदा सुचिकृत गन्तब्यहरु निशुल्क भ्रमण गर्न पाउने छन् । हाल, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चागुँनारायण, स्व्यम्भुनाथ, बौद्धनाथ र पशुपतीनाथ मन्दिर विश्वासम्पदा सुचिमा सुचिकृत रहेका छन् । ।

अन्तमा, यस दोश्रो वार्षिकोत्सव कार्यक्रममा मा पाल्नुहुने तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थालाई माया हौशला प्रदान गर्नुहुने सम्पूर्णलाई यस गुरु ट्रभल्स परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ ।