Online News Portal

आँपको उत्पादन घट्यो

काठमाडौँ: सुनसरीमा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ। हुरी बतास र कीराले क्षति पुर्याएको कारण गत वर्षको तुलनामा यस वर्ष आँपको उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘कीराको जोखिम र हुरी बतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो।’ आँपको उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ। गतवर्ष सुनसरीमा आँप खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुँदै आएको आँप यस वर्ष प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ।

गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उनले बताए। केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ। गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो।

 

Advertisement

Click the button below to skip this ad and read the full article.