अवैध काठ बरामद

काठमाडौँ:रौतहटको गुजारा नगर क्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरिएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमान्डमा सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनारबाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो। गस्ती टोलीलाई देखेर गाडी चालक फरार भएको एसपी हुमागाईंले जानकारी दिएका छन्।बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।