Online News Portal

अन्नपूर्णकर्मी भरत खड्कालाई पितृशोक

काठमाडौँ; रौतामाई गाउँपालिका–७ पुवाँरेस्थित निजी निवासमा बमबहादुरको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्यमा २ महिनाअघिदेखि समस्या देखिएको थियो। बमबहादुर मधुमेह, उच्च रक्तचाप र पेटको समस्याबाट पीडित थिए। उपचारका लागि काठमाडौं हुँदै भारतसम्म लगिएको भए पनि स्वास्थ्यमा सुधार हुन सकेन।

भारतबाट फर्काएर बुधबार मात्रै घर ल्याइएको थियो। २०१२ साल फागुन ७ गते साविकको पोखरी गाविसमा जन्मिएका बमबहादुरको परिवार २०२९ सालमा रौता गाविस–५ मा बसाइँ सरेको थियो। रौता गाउँ पञ्चायतको वडा सदस्य हुँदै २०४९ सालमा रौता गाविसको उपाध्यक्षमा निर्वाचित भएका उनी पछिल्लो समय नेकपा (एमाले) रौतामाईको पार्टी सदस्य थिए।अन्नपूर्णकर्मी भरत खड्कालाई पितृशोक परेको छ। अन्नपूर्णका उदयपुर समाचारदाता भरतका बुवा ६९ वर्षीय बमबहादुर खड्काको बिहीबार बिहान ६:५९ बजेतिर निधन भएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.