Online News Portal

अध्यक्ष नेपालमाथिको मुद्दा र पार्टी रणनीतिबारे नेकपा एसको सचिवालय बैठक

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ। प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार, बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टी रणनीति, केन्द्रीय कमिटीका निर्णयको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको छ।
साथै पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाबारे पनि छलफल जारी छ। विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा रिहा गरेपछि पार्टीभित्र उनीमाथि कार्यवाहक सभापति र संसदीय दलको नेताबाट हटाउन दबाब बढेको जनाइएको छ। बैठकमा यसबारे निर्णय हुन सक्ने अनुमान गरिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.