Online News Portal

माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे सेक्युरिटिजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न

काठमाडौ: माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सव को अवसरमा मनोहरा, काठमाडौंस्थित सहिद आदर्श क्याम्पस मा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

 

 

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडसँगको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरू, क्याम्पसका कर्मचारीहरू तथा शिक्षक वर्गलाई शेयर बजारको जानकारी, लगानीको महत्व लगायतका विषयमा वित्तीय जनचेतना सम्बन्धी सचेतना प्रदान गरिएको छ।

विविध कार्यक्रमहरूसहित वार्षिकोत्सव

माछापुच्छ्रे क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सव उपलक्ष्यमा माघ महिनाभरि रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइरहेको छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेडबारे जानकारी

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.