Online News Portal

सञ्चार क्षेत्रका विकृति अन्त्य गनुपर्नेमा जोड

काठमाडौँ :  प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयम्ले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले आज यहाँ आयोजना गरेको ‘आरआर जर्नल’ विमोचन तथा अन्तक्र्रियामा क्याम्पस प्रमुख प्रा डा जीवनधर जवालीले आरआर क्याम्पस पत्रकारिता प्रशिक्षणको प्रमुख केन्द्र भएको बताउँदै सञ्चार क्षेत्रमा पनि विकृति, विसङ्गति विद्यमान रहेकाले त्यसको अन्त्य पत्रकारहरूले नै गर्नुपर्नेमा जोड दिए ।

“सञ्चार क्षेत्रले समाजलाई सही दिशामा डो¥याउने भएकाले सञ्चारकर्मीले पेशाप्रति इमान्दार भएर काम गर्नुपर्छ”, उनले भने ।

विषय शिक्षक, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागका प्रमुख शन्तराम विडारीले गुणस्तरीय पत्रकारिता शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउँदै समाचार कक्षलाई कक्षाकोठासँग जोडेर अध्यापन जारी राखेको जानकारी दिए । उनले पत्रकारितालाई मर्यादित र गुणस्तरीय बनाउनु आजको आवश्यकता भएको बताए ।

Advertisement

Click the button below to skip this ad and read the full article.