Online News Portal

यी हुन् नयाँ सरकारका मन्त्रीहरू

काठमाडौँ- नेपाली कांग्रेससहितको गठबन्धन तोडेर नेकपा एमालेसहितको गठबन्धनको सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल नेतृत्वको सरकारका नयाँ १७ मन्त्री र मन्त्रालयको टुंगो लागेको छ। सरकारमा माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीको टुंगो लगाइसकेका छन्। माओवादीले प्रधानमन्त्रीसहित ६ मन्त्रालय पाएको छ। त्यस्तै एमालेले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जान ६ मन्त्रालय पाएको छ। रास्वपाले उपप्रधान तथा गृहसहित ४ मन्त्रालय पाएको छ।

यस्तै अरू मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले शपथ गराउनुभएको छ । एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी दोहोरिनुभएको छ । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ ।

यस्तै कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्नुभएको छ । यसैगरी दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बन्नुभएको छ । यस्तै कांग्रेसको गगन थापा र शेखर कोइराला समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री र कृषिमन्त्रीमा रामनाथ अधिकारी नियुक्त हुनुभएको छ

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह सुडी महिला बालबालिका तथा समाज कल्याणमन्त्री बन्नुभएको छ ।