काठमाडौँ – कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।