Online News Portal

२०८४ सम्म प्रधानमन्त्री नबन्ने: अध्यक्ष दाहाल

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनसम्म प्रधानमन्त्री नबन्ने बताएका छन्। वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले २०८४ सम्म जनतासँगै रहने र प्रधानमन्त्री पदको दौडमा नलाग्ने स्पष्ट पारे।

 

 

साथै, दाहालले वर्तमान सरकारलाई भ्रष्टाचारलाई संरक्षण गर्ने र राम्रो काम गर्नेहरूलाई दण्डित गर्ने आरोप लगाए। उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारीलाई बचाउने र बेथिति बढाउने कार्यमा संलग्न भएको आरोप पनि लगाए।

Advertisement

Click the button below to skip this ad and read the full article.