Online News Portal

१२औं म्युजिक खबर म्युजिक अवार्ड: विशिष्ट स्रष्टाहरूलाई सम्मान, पुरस्कार घोषणा

काठमाडौँ : १२औं म्युजिक खबर म्युजिक अवार्डको लागि सम्मान र पुरस्कारहरू घोषणा गरिएको छ। समारोह आगामी जेठ २३ गते तिलगंगास्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजना हुने छ।

 

 

प्रमुख सम्मानहरू:

दीर्घ साधना सम्मान – २०८१: गीतकार यादव खरेललाई ५१ हजार रुपैयाँ नगदसहित प्रदान गरिने।

रजत संगीत सम्मान – २०८१: गायक तिलकसिंह पेलालाई।

दशक संगीत सम्मान – २०८१: गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई।

युवा संगीत सम्मान: गायिका मिना लामालाई।

संगीत पत्रकारिता पुरस्कार: पत्रकार एमपी सुब्बा र दीपाञ्जली शाहलाई ५,५५५ रुपैयाँ नगदसहित।
SouryaOnline

बाल प्रतिभा प्रोत्साहन सम्मान: बाल गायिका पूजा देवकोटालाई।

डायस्पोरा संगीत सम्मान: गीतकार डा. रमिल अधिकारीलाई।

फोटो पत्रकारिता पुरस्कार – २०८१: फोटो पत्रकार प्रदीपराज वन्तलाई।

संगीत व्यवसायी सम्मान: हार्मोनियम निर्माता विमल शाहलाई।

कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक, संगीतकर्मी, पत्रकार लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ।