काठमाडौँ: जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।मायालक्ष्मी ११ दिनको सुत्केरी हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीका अनुसार बच्चालाई सेक्नका लागि घरमा आगो बालिरहेको रहेछन् । उक्त आगोको धुवाँले निसास्सिएका थिए ।