ह्वासेओङ ब्याट्री प्लान्टमा आगलागी हुँदा १७ चिनियाँ नागरिकको मृत्यु भएको आशंका
काठमाडौँ; दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले ह्वासेयलन्ग ब्याट्री प्लान्टमा भएको आगलागीमा लगभग १७ चिनियाँ नागरिकको मृत्यु भएको आशंका व्यक्त गरेका छन् । वास्तविक संख्या भने अझै पुष्टि गर्न आवश्यक रहेको अधिकारीहरुले बताएका छन् । ग्योङगी प्रान्तका सेकेन्ड उप गभर्नर ओ हू–सियोक, ह्वासेओङ सहरका मेयर ज्योङ म्योङ–गेउनलगायत दक्षिण कोरियाका अधिकारीहरूले दक्षिण कोरियाका लागि चिनियाँ राजदुत सिङ हाइमिङलाई दुर्घटना र खोज तथा उद्धार कार्यको प्रगतिबारे जानकारी दिनुभयो । दक्षिण कोरियाली अधिकारीहरूले उक्त दुर्घटनामा २२ जनाको मृत्यु भएको जनाएका छन् । जसमध्ये १७ जना चिनियाँ नागरिक रहेको अनुमान गरिएको छ । सामान्य घाइते भएका एक चिनियाँसहित अन्य आठ जना घाइते भएका छन् भने घाइते सबैको उचित उपचार भइसकेको छ । बेपत्ताको खोजी भइहेको छ । उक्त दुर्घटनामा चिनियाँ नागरिकको दुःखद् मृत्युप्रति दक्षिण कोरियाली पक्षले गहिरो शोक व्यक्त गरेको छ । जिङले दक्षिण कोरियाली पक्षलाई जतिसक्दो चाँडो दुर्घटनाको कारण पत्ता लगाउन, त्यसको परिणामलाई उचित रूपमा व्यवहार गर्न र चिनियाँ पीडितका परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । चिनियाँ दूतावासले दक्षिण कोरियाली पक्षसँग मिलेर दुर्घटनापछिको क्षतिसँग जुध्न सक्दो प्रयास गरिरहेको जिङले घटनास्थलमा सञ्चारकर्मीलाई बताउनु भयो ।