हल्ट प्राइज आईओई पुल्चोक क्याम्पस ग्राण्ड फिनाले सम्पन्न, टिम निर्वतशोधक विजेता

काठमाडौँ :हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले यलो पगोडा, कान्तिपथमा सम्पन्न भएको छ। प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेका थिए, जसमा टिम निर्वतशोधक विजेता घोषित भयो। विजेताले रु. २०,००० नगद, मेडल, अवार्ड, प्रमाणपत्र, र उपहार प्राप्त गरे।
फर्स्ट रनरअप टिम अंकुर ले रु. १०,००० नगद, जबकि सेकेण्ड रनरअप टिम इनभेसिभ इन्जिनियर्स ले रु. ५,००० नगदसहित मेडल, प्रमाणपत्र, र उपहार प्राप्त गरे।
निर्णायक टोलीमा युनाइटेड वर्ल्ड स्कुल्स नेपालका निर्देशक सूर्य कार्की, वेदका प्रबन्ध निर्देशक सुझित पाठक, इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेल, तथा नाम्चेका को-फाउन्डर रमेश पाठक थिए।
फाइनलमा प्रतिस्पर्धा गर्ने ११ टिममध्ये प्रगतिशील पावर अप्टिमाइजर्स, व्हेइटुगो, क्रेओभेटिभ, इन्द्रिया, लिपसिन्क, इनभेसिभ इन्जिनियर्स, स्वास्थ्य एआई, अंकुर, क्लोज एआई, फार्मइजी, र निर्वतशोधक समावेश थिए।