Online News Portal

हमासले आज ३ इजरायली र ५ थाइ बन्धक रिहा गर्ने

काठमाडौँ: इजरायल-हमास युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरूको रिहाइको तेस्रो चरणमा हमासले आज ३ इजरायली तथा ५ जना थाइ बन्धकहरूलाई रिहा गर्ने जनाइएको छ। रिहाइ हुनेमा इजरायलका दुई महिला, अर्बेल येहुद (२९), अगम बर्गर (१९) र एक वृद्ध पुरुष, गाडी मोजेस (८०) छन्। यीबाहेक थाइल्याण्डका ५ नागरिकलाई पनि हमासको कैदबाट मुक्त गरिने जनाइएको छ तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन।

 

 

हालसम्म इजरायली बन्धकहरूलाई दुई चरणमा रिहा गरिएको छ जसमा ७ महिला छन्। बदलामा इजरायलले ३०० भन्दा बढी प्यालेस्टिनीहरूलाई पनि रिहा गरेको छ।यसबाहेक हमासले शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गर्ने छ। इजरायल र हमास बीचको १५ महिनाको युद्ध पछि जनवरी १९ मा युद्धविराम सुरु भयो।

युद्धविरामको अर्को चरणको बारेमा फेब्रुअरी ३ देखि छलफल हुने भएको छ। यसको उद्देश्य युद्धलाई स्थायी रूपमा अन्त्य गर्नु हो।

३ लाख प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किए

इजरायल-हमास युद्धको १५ महिना पछि, ३ लाखभन्दा बढी प्यालेस्टिनी नागरिकहरू रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट उत्तरी गाजा फर्किएका छन्। जनवरी २७ मा इजरायलले प्यालेस्टिनी नागरिकहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दियो।

युद्ध सुरु भएपछि १० लाखभन्दा बढी मानिसहरू दक्षिणतिर सरेका थिए। अल जजीराको रिपोर्ट अनुसार गाजामा इजरायली आक्रमणमा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने १.१० लाखभन्दा बढी घाइते भएका छन्।

युद्धविराम सम्झौता अन्तर्गत इजरायलले जनवरी २५ देखि प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने निर्णय गरेको थियो। यद्यपि इजरायल र हमास बीचको विवादका कारण दुई दिन ढिलाइ भयो।

 

Advertisement

Click the button below to skip this ad and read the full article.