Online News Portal

स्ववियु निर्वाचन कार्यालयमा आगजनी

काठमाडौँ : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिको कार्यालयमा आगजनी भएको छ। नेविसंघको आधिकारिक मान्यता प्रज्ज्वल विष्टको समूहलाई दिइएपछि असन्तुष्ट बनेको शेखर कोइराला पक्षले निर्वाचन कार्यालयमा आगो लगाएको हो

 

 

 

 

 

 

सरोज पोख्रेल पक्षका गुड्डु साहको नेतृत्वमा १२–१४ जनाको समूहले निर्वाचनप्रति असन्तुष्टि जनाउँदै कार्यालयमा आगजनी गर्नुका साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए। आगलागीका कारण कागजपत्र जलेका छन्। प्रहरीले केही समयपछि ताला फोडेर अधिकारीलाई उद्धार गरेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.