Online News Portal

सुन–चाँदी सस्तो भयो: आज एक तोला सुन र चाँदीको नयाँ मूल्य कति ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा हल्का गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको नयाँ दर अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा ९०० रुपैयाँले घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ५५५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा व्यापार भएको थियो।

अन्तरराष्ट्रीय बजारमा आज एक औँस सुन ४ हजार २४० अमेरिकी डलर र चाँदी ५८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बजारमा केही दिनयता सुनचाँदीको मूल्य क्रमिक उतार–चढाव भइरहेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.