मुख्य पृष्ठ »
आर्थिक » समाचार »
सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ८२ हजारमा कारोबार
सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ८२ हजारमा कारोबार
प्रकाशित मिति: ६ माघ २०८२, सोमबार ०५:४६ |
लेखक:
Malikakhabar

काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्य सोमबार उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ, जसले नयाँ रेकर्ड कायम गरेको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६ सय २५ रुपैयाँ थियो।