काठमाण्डौ ; सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको थियो ।
केन्द्रमा भएको नयाँ सत्ता समिकरण र सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनेछ । कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ । आवश्यक निर्णय गर्न अहिले संसदीय दलको बैठक बस्दैछ ।
बैठकले पार्टीबाट मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाउनेछ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत जुटाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद हुँदा दुई सहज बहुमत पुग्छ ।