Online News Portal

साबा महिला बास्केटबल: नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ: भारतको नयाँ दिल्लीस्थित केडी जाधव स्टेडियममा जारी साबा महिला बास्केटबल च्याम्पियनशिपमा नेपालले सोमबार साँझ ६:१५ बजे माल्दिभ्ससँग दोस्रो खेल खेल्दैछ।
पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो।

तीन टोली सहभागी यस च्याम्पियनशिपमा फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले आजको खेलमा माल्दिभ्सलाई हराउनुपर्नेछ।

Advertisement

Click the button below to skip this ad and read the full article.