Online News Portal

साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूको आग्रह

काठमाडौँ: साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूले आग्रह गरेका छन् ।

इन्फर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल (एनपी शर्ट) ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेसन (सीएसआरआई) र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीको सहयोगमा बिहीबार आयोजना भएको कार्यक्रममा सतोकारवालहरूले यस्तो बताएका हुन् । कार्यक्रममा एनपीसर्टका अध्यक्ष चिरन्जीवी अधिकारीले डिजिटल पूर्वाधारलाई सुदृढ गर्नुपर्ने बताउँदै बढ्दो साइबर खतराबाट पूर्वाधारलाई जोगाउन काम गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा साइबर विज्ञ तथा पूर्व डिआईजी डा. राजीव सुब्बाले नेपालमा साइबर सुरक्षा शिक्षाको आवश्यकता भएको बताएका थिए ।

‘आगामी पुस्ताका साइबर सुरक्षा विशेषज्ञहरूलाई तयारी गराउन व्यावहारिक सीप विकासमा केन्द्रित शैक्षिक कार्यक्रमहरू ल्याउनु पर्छ,’ उनले भने, ‘हालका शैक्षिक संरचनाहरूलाई पुनःमूल्याङ्कन गरी विद्यार्थीहरूलाई इभलभिङ साइबर खतराहरूको सामना गर्न सिकाउने शिक्षाको खाँचो छ ।’

यस्तै फिनटेक विशेषज्ञ गणेश घिमिरेले नेपालमा सीमापार आर्थिक कारोबारलाई सुरक्षित बनाउन प्राविधिक सुधारहरू आवश्यक रहेको बताएका थिए ।

इनफो डेभलपर्सका रेशम भण्डारीले पनि साइबर सुरक्षाको बारेमा जनचेतना बढाउन आवश्यक रहेको बताए ।

Advertisement

Click the button below to skip this ad and read the full article.