सांसद धवल शमशेरले नेपालमा धर्म परिवर्तनका लागि अमेरिकाले अर्बौं खर्च गरेको विषय संसदमा उठाए

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर जबराले नेपालमा धर्म परिवर्तनका लागि अमेरिकाले १४ अर्ब रुपैयाँ खर्च गरेको विषय भारतीय संसदमा उठेको प्रसंगलाई प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।

आइतबारको आकस्मिक समयमा बोल्दै उनले यसबारे अमेरिकासँग कूटनीतिक नोट पठाएर स्पष्टिकरण माग्नुपर्ने र संसदलाई जानकारी गराउनुपर्ने माग गरे। उनले भारतको संसदमा यो विषयमा ठूलो हंगामा भए पनि नेपालमा चासो नदिइएको भन्दै आलोचना गरे। साथै, जनआन्दोलन १ र २ पछि नेपाललाई धर्मनिरपेक्ष बनाउने प्रक्रियामा दोषी को हुन् भन्ने छानबिन हुनुपर्ने उनको धारणा थियो।