सरिता महर्जनको गीतमा प्रतियोगिता, विजेताले पाए नगद पुरस्कार
काठमाडौं: नेपाल भाषाका गीत–संगीत क्षेत्रमा लोकप्रियता हासिल गरेको ‘छंगु ल्यूल्यू’ गीतमा आधारित टिकटक प्रतियोगिता र काराओके गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृति गरिएको छ ।
अमर चित्रकारको शब्द,रचनाकार चित्रकार तथा सरिता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत रहेको लोकप्रिय गीत ‘छंगु ल्यूल्यू’ गायन प्रतियोगितामा चन्द्रकृष्ण प्रजापतिले पहिलो पुरस्कार जित्न सफल भएका छन् । उनले पुरस्कारस्वरुप गीत रेकर्डिङ तथा म्युजिक भिडियो बनाउने मौका पाएका छन् ।काराओके गायन प्रतियोगितामा द्वितीय भएर राजेशराज बज्राचार्य तथा तृतीय भएर सविनरत्न शाक्यले गीत रेकर्डिङको पुरस्कार प्राप्त गरेका छन् । टिकटक प्रतियोगितामा श्रीजा अवालेले नगद पुरस्कार १० हजार रुपैयाँसहित द्वितीय, निकी बज्राचार्य देसारले ५ हजार नगदसहित तृतीय तथा १ हजार ५ सय नगदसहित बबिता रञ्जित, रेश्मा महर्जन, कृष्मा चित्रकार, सुयन चित्रकार, विजय डंगोल, ममता श्रेष्ठ तथा समीर शंखदेव प्रजापतिले सान्त्वना पुरस्कार जितेका छन् ।