सरकारले ल्याएको बजेट सन्तुलित र संयमित छः विनोद चौधरी
काठमाडौँ : नेपाली काँग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याएको बजेट सन्तुलित र संयमित रहेको प्रतिक्रिया दिनुभएको छ ।
मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र कठिन परिस्थितिमा गुज्रिरहेको बेलामा मुलुकको राजश्व उठ्ने आधार नभएको अवस्थामा मुलुकले धान्न नसक्ने बजेट आउने चिन्ता भएपनि त्यस्तो नभएको बताउनु भयो । उहाँले सरकारले राखेको पाँच प्राथमिकता क्षेत्र मध्ये आइटीलाई बजेट अनुसार कार्यान्वयन गर्नसक्दा युवाहरुलाई रोजगारी र आर्थिक गतिविधिमा सहभागिता गराउन सक्ने आधार रहेको बताउनु भयो । उहाँले सरकारले सय सैयाका अस्पतालहरुलाई नर्सिङ क्याम्पस बनाउने कुरालाई सुखद् मान्न सकिने बताउनु भयो । उहाँले मुलुकमा युवा रोक्नको लागि सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रसँग साझेदारी गरेर विभिन्न कार्यक्रम गर्नेकुरा सकारात्मक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अर्थतन्त्र कठिन परिस्थितिमा गुज्रिरहेको बेलामा मुलुकको राजश्व उठ्ने आधार नभएको अवस्थामा मुलुकले धान्न नसक्ने बजेट आउने चिन्ता थियो । त्यो देखिएन । सरकारले ल्याएको बजेट सन्तुलित र संयमित बजेट रुपमा आएको बजेटको रुपमा मान्छु । सरकारले राखेको पाँच प्राथमिकता क्षेत्रमध्ये आइटीलाई बजेट अनुसार बुष्ट गर्नसक्यो भने युवाहरुलाई रोजगारी र आर्थिक गतिविधिमा संलग्न गराउँछ । सय सैयाका अस्पतालहरुलाई नर्सिङ क्याम्पस बनाउने कुरालाई सुखद् मान्न सकिन्छ । त्यसले मुलुकमा युवा रोक्नको लागि सहजता प्रदान गर्छ । निजी क्षेत्रसँग साझेदारी गरेर विभिन्न कार्यक्रम गर्ने कुरा सकारात्मक छ । सरकारले १२ खर्बको राजश्व संकलन उठ्ने कुरामा सम्भव देखिएको छैन । सरकारले मुलुकमा आर्थिक गतिविधि बढाउनुपर्छ । आन्तरिक ऋण उठाएर मुलुकको साधरण खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’
उहाँले सरकारले १२ खर्बको राजश्व संकलन उठ्ने कुरामा सम्भव नदेखिएको बताउनु भयो । सरकारले मुलुकमा आर्थिक गतिविधि बढाउन काम गर्दै आन्तरिक ऋण उठाएर मुलुकको साधरण खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।