Online News Portal

समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सकिँदैनः उपसभामुख राना

काठमाडौँ :उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताउनुभएको छ ।

चौथो नेपाल आदवासी जनजाति चलचित्र महोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरु काम ढिलासुस्ती गर्छन् भन्ने उखान कोट्याउँदै आदिवासी जाति कामहरु बिस्तारै गर्ने किसिमको रहेको भन्दै समयानुसार काम गर्न सिक्नुपर्ने बताउनु भयो । उहाँले समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताउनु भयो । उहाँले आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आदिवासी चलचित्र महोत्सव मनाइराख्दा म के भन्न चाहन्छु भने यो जलवायु परिवर्तनको विषयमा पनि आदिवासी जनजातिसँग जोडेर चलचित्र बनाउनुपर्छ । अहिले पर्खने बेला छैन । एक्शन लिनुपर्छ । आदिवासी जाति बिस्तारै गर्छौं तर समयानुसार हामी परिवर्तन गर्नुपर्छ । हामी नेपाली ढिला छौँ, त्यसमा आदिवासी जनजाति त एकदमै ढिला छौँ । पहिलो हामीले समयलाई चिन्नुपर्छ । समयलाई चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सक्नुहुन्न । विश्वमा प्रसिद्धि कमाउने हो भने आदिवासी जनजातिको संस्कृति र सभ्यता विश्वमा चिनाउने भए समय चिन्न सक्नुपर्छ ।’

अभिनेता राई चलचित्र भित्र भन्ने कुरा आफैँभित्र भएका कथा भएको बताउनु भयो । उहाँले आफैँ भित्र कथाहरु धेरै रहेको र त्यसलाई फरक फरक तरिकाबाट बुझिने बताउनु भयो । उहाँलेसमाज र आफूलाई कसरी बुझ्दा रहेछौँ भन्नकुरा चलचित्रमा भनिने बताउनु भयो ।

अभिनेता राईले अहिलेको बजारमा चलचित्रको स्थापित नगरी कुनैपनि कुरा परिवर्तन नहुने बताउनु भयो । उहाँले आदिवासी जनजातिहरुको मूल्य मान्यता बोकेको चलचित्रहरु नै अहिलेको मुलधारमा बगिरहेको बताउनु भयो ।