Online News Portal

सभामुखले माइक काटेपछि संसदमा हंगामा

काठमाडौं : सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेपछि विवाद सुरु भएको थियो ।

काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वादविवाद भएको छ ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेपछि विवाद सुरु भएको थियो ।

भ्रष्टाचारसँग सम्बन्धित मुद्दा आधा रातमा पनि आकस्मिक हुन्छ’ सांसद ढकालले भने ।

यसबीचमा सभामुख घिमिरेले सांसद ढकाललाई आकस्मिक समयमा सार्वजनिक यातायातको विषय उठाउन समय मागेको भन्दै विषयमा केन्द्रित हुन सुझाव दिए ।

ढकालले भने विद्युत महशुलको बक्यौताको विषय उठाउन खोजे । ‘नेपाल विद्युत प्राधिकरणमा म जान चाहेँ । मिटर जडान गरेर महशुल असुल गर्ने ठाउँमा …’ ढकालले वाक्य नटुंग्याउन नपाउँदै सभामुख घिमिरेले रोके ।

‘माननीय सदस्य यहाँको विषय सकियो, बस्नुस् । किनभने यहाँले यातायातमा परेको अवरोधको बारेमा बोल्नलाई राख्नुभएको (समय लिने पूर्व जानकारी गराएको) थियो त्यो राखिसक्नुभयो । मैले बस्नका लागि अनुरोध गरेँ’, उनले भने ।