Online News Portal

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं:  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरका कार्यालयहरूमा “सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

सम्पत्ति शुद्धीकरण निवारण दिवसको अवसरमा “वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सम्पत्ति शुद्धीकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणको लागि चाल्नुपर्ने कदमबारे जानकारी गराएको थियो ।

उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले प्रस्तुतीकरण गरेका थिए भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत  राज कुमार अर्यालले यसको महत्त्व, आवश्यकता, र न्यूनिकरणबारे जानकारी गराएका थिए  ।

उक्त कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरूको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालय कार्यरत कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराएको थियो ।

Advertisement

Click the button below to skip this ad and read the full article.