Online News Portal

सन् २०१६ को ‘कु’ प्रयासमा संलग्न भएको आरोपमा ७२ जना संदिग्ध पक्राउ

काठमाडौँटर्की प्रहरीले गत चार दिनमा राष्ट्रव्यापी अनुसन्धानका क्रममा ७२ जना संदिग्धलाई हिरासतमा लिएको छ । सन् २०१६ मा भएको कु–कुको प्रयासमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको गृहमन्त्री अली येर्लिकायाले बताउनु भयो । संदिग्धहरू गुलेन आन्दोलनसँग जोडिएको आरोप लगाइएको छ । जसलाई अंकाराले जुलाई १५, २०१६ को असफल कु प्रयासको लागि दोषी ठहराएको छ । बन्दीहरू गुलेन आन्दोलनको पुलिस संरचना, सैन्य संरचना र वर्तमान संरचनामा संलग्न भएको आशंका गरिएको छ । मन्त्रीका अनुसार संदिग्धहरूले कथित रूपमा पे फोनहरूमार्फत सञ्चार गरेका थिए र समूहका जिम्मेवार सदस्यहरूसँग सम्पर्कमा थिए । पक्राउ परेका समूहका अन्य सदस्यहरुको बयानमा उनीहरुको नाम उल्लेख गरिएको उहााले बताउनु भयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.