Online News Portal

सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै माओवादी

काठमाडौँ-प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदनलाई प्रभावकारी बनाउने रणनीति बनाउँदै छ। त्यसबारे छलफल गर्न माओवादीले शुक्रबार पदाधिकारी र स्थायी कमिटी बैठक बस्ने जनाएको छ।

पदाधिकारी बैठक बिहान ११ बजेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादीले जनाएको छ। बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने एक पदाधिकारीले जानकारी दिए।

सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ। यस्तै स्थायी कमिटी बैठक दिउँसो ४ बजे बस्नेछ।

Advertisement

Click the button below to skip this ad and read the full article.